
बिर्तामोड– कुटपिट तथा अङ्गभङ्ग मुद्दाकी फरार एक जना अभियुक्तलाई झापा प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयनका क्रममा झापाको दमक–३ घर भएकी २३ वर्षीया सुनिता राईलाई प्रहरीले पक्राउ गरेको हो ।
कुटपिट तथा अङ्गभङ्ग मुद्दामा राईलाई झापा जिल्ला अदालतले २०७५ पुस २९ मा दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
घटनापछि फरार रहँदै आएकी राईलाई सुराकीका आधारमा पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले बताए ।
राईलाई आज अदालतमा पेश गरिएको छ । अदालतले कोरोना परीक्षणको रिपोर्टका आधारमा मात्रै राईलाई कारागार चलान गर्न आदेश दिएको प्रवक्ता थापाले बताए ।