बिर्तामोडमा पार्किङबाट मोटरसाइकल चोरेर भागेका मिया पक्राउ



बिर्तामोड : मोटरसाइकल चोरीमा संलग्न एक जनालाई बिर्तामोड प्रहरीले पक्राउ गरेको छ । बजार क्षेत्रबाट मोटरसाइकल चोरेर भागेका बिर्तामोड-६ का सफिक मिया पक्राउ परेका हुन् ।

मियालाई चोरीको मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पुरानो भद्रपुर रोड छेउमा पार्किङ गरी राखेको मे १० प २६७६ नम्वरको को होन्डा साइन मोटरसाइकल हिजो दिउँसो चोरी भएको थियो ।

मोटरसाइकल धनी होमनाथ सिवाकोटीको जाहेरीका आधारमा खोजी गर्दा प्रहरीले मियालाई पक्राउ गरेको झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले बताए ।

मियालाई बिर्तामोड प्रहरीको हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।