संसद विघटनविरुद्ध बिर्तामोडमा पत्रकारको प्रदर्शन



बिर्तामोड : संसद विघटनको विरोधमा झापामा पत्रकारहरुले प्रदर्शन गरेका छन् । प्रेस संगठन झापा र प्रेस युनियनको अग्रसरतामा संयुक्तरुपमा प्रदर्शन भएको हो । प्रदर्शनमा नेपाल पत्रकार महासंघ झापा लगायतका संस्थाले ऐक्यवद्धता जनाएका छन् ।

संसद विघटनविरुद्ध नेपालमा पहिलोपटक पत्रकारजन्य दुई संगठन संयुक्तरुपमा सडकमा उत्रिएका हुन् । प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको जनाउँदै उनकै गृह जिल्लामा पत्रकारको विरोध जुलुस निस्किएको हो ।

जुलसमा सहभागी पत्रकारले निधारमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् । उनीहरुले प्रधानमन्त्रीको कदमलाई कुनै पनि हालतमा समर्थन गर्न नसकिने जनाउँदै संसद पुनस्र्थापना हुनु पर्नेमा जोड दिएका छन् । पत्रकारको जुलुसले बिर्तामोड परिक्रमा गरेको थियो ।