वाणिज्य संघको प्रदेश सदस्यमा भण्डारी मनोनित




बिर्तामोड– नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को कार्यसमिति सदस्यमा भेषराज भण्डारी ‘प्रशान्त’ मनोनित भएका छन् । महासंघ प्रदेश १ को शुक्रबार बसेकोे वैठकले भण्डारीलाई सदस्यमा मनोनित गरेको हो ।

बिर्तामोड उद्योग वाणिज्य संघमा अध्यक्षका प्रत्यासी रहेका भण्डारी अन्नत सहमति र सहकार्य भन्दै प्रकाश सिवाकोटीलाई अध्यक्ष छोड्न तयार भएका थिए ।

झापाको अर्जुनधारा–५ चारपाने ऊँचोकका वासिन्दा भण्डारी बिर्तामोडको महेन्द्र–रत्न स्टोर्सका सञ्चालक हुन् । बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव भण्डारीको कार्यकाल यसैसाता सकिँदैछ ।