नेविसंघद्वारा बाह्दशीमा स्नातक क्याम्पस स्थापनाको माग




बाह्दशी– नेपाल विद्यार्थी संघले स्नातक तह अध्ययनका लागि बाह्दशी गाउँपालिकामा क्याम्पस स्थापना गर्न माग गरेको छ । स्थानीय विद्यार्थीको अध्ययन असहजतालाई ध्यानमा राखेर संघले क्याम्पस स्थापनाको माग अघि सारेको हो ।

नेविसंंघ झापाका अध्यक्ष राजेन्द्र उप्रेतीको नेतृत्वमा पुगेको टोलीले गाउँपालिकाका योजना अधिकृत तेजप्रसाद रेग्मीलाई ध्यानाकर्षण पत्र बुझाउँदै क्याम्पस स्थापनाको प्रक्रिया थाल्न जोड दिएको छ ।

स्नातक अध्ययनका लागि क्याम्पस स्थापना गर्न र अन्यत्र अध्ययनमा गइरहेका विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना गरी सहयोग उपलब्ध गराउन माग गरिएको अध्यक्ष उप्रेतीले बताए ।