विराटनगरमा शक्ति देखाउँदै नेकपाको ओली समूह




विराटनगर : धुमिल बनेको सत्ता राजनीति विकसित पछिल्ला घटनाक्रमपछि नेकपाका दुबै समूह शक्ति प्रदर्शनमा उत्रिरहेका छन् । आज विराटनगरमा केपी ओली समूहले शक्ति प्रदर्शन गर्दै जनमत आफ्नो पक्षमा रहेको जनाउ दिएको छ :

संविधान सभाका अध्यक्ष सुवास नेम्वांग र गृहमन्त्री रामबहादुर थापा बादललाई साथमा लिएर एक घण्टाअघि प्रधानमन्त्री ओली विराटनगर आइपुगेका छन् । विराटनगर उत्रिएर होटल एशियाटिकमा आराम गरिरहेका ओलीले केहीबेरपछि सम्बोधनका लागि विराट अस्पताल प्रालि नजिकको मैदानमा जाँदैछन् ।