विराट अर्जुनको रक्तदान : १६५ जनाले दिए रगत




बिर्तामोड– विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाले शनिवार रक्तदान आयोजना गरेको छ । कार्यक्रममा १६५ जनाले रक्तदान गरेका छन् । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान गरिएको संस्थाका अध्यक्ष नवीन खरेलले बताए ।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा रक्तदान भएको हो । दिनेश भट्टराईले रक्तदान गरी शुभारम्भ गरेको कार्यक्रम झापा जिल्ला सहकारी संघकाअध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा प्रेमसागर कर्माचार्यले १६५ औं पटक रक्तदान गरेका छन् भने संस्थाका अध्यक्ष खरेलले ३० औँ पटक रक्तदान गरेका हुन् । स्व.नरमाया खरेल शिक्षा कोषकी संयोजक उषा खरेल, छोरा आर्यन खरेल, दम्पत्ति पंकज खरेल र कमला चुडाल लगायतले रक्तदान गरेका छन् ।

दृष्टिविहीन चन्द्रसाद भट्टराईले १६ औं पटक, दीपक संग्रौलाले ५६ औं पटक, नेत्र रम्तेलले ४९ औं पटक, गोपाल घिमिरेले ३८ औं पटक रक्तदान गरेका छन् । रेडक्रस उपशाखा सभापति सजेश शिवाकोटी, उपसचिव ओमप्रकाश लुइँटेल, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका चाटर्ड प्रेसिडेन्ट सन्तोष अग्रवाल लगायतले रक्तदान आयोजना गरेर संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।