झापाको कचनकवलमा सरसफाइ सिकाउँदै क्लिन झापा




भद्रपुर–भारतसँग सिमाना जोडिएको झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकामा पानी र फोहोरजन्य रोग र यसबाट जोगिने उपायबारे सचेतनामूलक अन्तरक्रिया गरिएको छ ।

क्लिन झापाले कचनकवल गाउँपालिकाको आर्थिक सहयोगमा २ र ४ नम्वर वडामा अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा उल्लेख्य सहभागिता रहेको क्लिन झापाका सचिव रुद्रबहादुर न्यौपानेले बताए ।

कार्यक्रममा दुषित पानी र फोहोरबाट सर्नसक्ने रोगहरु र यसबाट बच्ने उपायका बारेमा छलफल गरिएको छ । वडाध्यक्षद्वय परमानन्द सिंह राजवंशी र लक्ष्मीनारायण यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

क्लिन झापाकी अध्यक्ष शान्ति उपाध्यायले ग्रामीण क्षेत्र तथा दूरदराजका नागरिकमा अझै पनि नियमित गरिनुपर्ने सरसफाइका बारे चेतनाको कमी रहेकोले उनीहरुलाई सचेत गराउनु पर्ने बताइन् ।