नारी सञ्चार गृहलाई ११ हजार सहयोग




विर्तामोड– महिला उद्यमी पार्वता विमलीले नारी सञ्चार अक्षय कोषलाई मंगलवार आर्थिक सहयोग गरेकी छन् । नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको कोषलाई नेपाल महिला उद्यमी संघ झापाका अध्यक्ष विमलीले ११ हजार सहयोग गरेकी हुन् ।

अध्यक्ष विमलीले नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटी, अक्षय कोषका संयोजक रेजिना गौतम, संस्थापक अध्यक्ष सावित्रा दाहाललाई उक्त रकम बराबरको चेक संयुक्त रुपमा हस्तान्तरण गरेकी छन् ।

अक्षय कोषका लागि नेपाल पत्रकार महासंघका प्रदेश सदस्य पत्रकार तीर्थ सिग्देलले पाँच हजार दिने घोषणा गरेका छन् ।