प्रधानमन्त्रीले गरे चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास




दमक : प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ लगानीमा झापाको दमकमा निर्माण हुन लागेको चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गरेका छन् ।

दमक र गौरादह नगरपालिका तथा कमल गाउँपालिकाको संगमस्थल झर्कामा पार्क शिलान्यास भएको हो । २१ सय विघामा फैलिएको पार्क ६३ अर्व रुपैयाँको लगानीमा निर्माण हुनेछ ।

यो क्षेत्रफल र लगानीका हिसावले नेपालको सबै भन्दा ठूलो औद्योगिक पार्क हो ।