प्रतिबन्ध हटेपछि तीनवर्षे भूमिगत राजनीतिबाट बाहिर आउँदै विप्लव



बिर्तामोड– सरकार र विप्लव नेतृत्वको नेकपा माओवादीबीच तीन बूँदे सहमतिमा हस्ताक्षर भएको छ । सहमतिपछि सरकारले नेकपा माथि लगाइएको प्रतिवन्ध फुकुवा गरेको छ ।

सरकारले २०७५ फागुन २८ गते माओवादीमाथि प्रतिबन्ध लगाइएको घोषणा गरेको थियो । महासचिव नेत्रविक्रम चन्द भने सरकारले प्रतिबन्ध लगाउनुभन्दा केही समयअघि भूमिगत भएका थिए ।

सहमतिपछि विप्लव नेतृत्वको माओवादीमाथि सरकारकातर्फबाट लगाइएको प्रतिवन्ध फुकुवा भएको छ । सरकारले सम्पूर्ण बन्दी रिहा गर्दै माओवादी कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने तयारी गरेको छ ।

नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान सम्वादका माध्यमबाट गर्ने सहमति भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराईले जानकारी दिए ।

आज भएको तीन वुँदे सहमतिपछि भोली फागुन २१ गते काठमाडौंमा आयोजना गरिएको विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवले सम्वोधन गर्ने छन् ।