जेठ १३ देखि २४ सम्म माध्यमिक शिक्षा परीक्षा



बिर्तामोड– सरकारले जेठ १३ गतेदेखि माध्यमिक शिक्षा परीक्षा सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी एसइइ परीक्षा सञ्चालन हुने जानकारी दिए। माध्यमिक शिक्षा परीक्षा प्रदेशस्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि सरकारले अझै स्पष्ट कानुन बनाउन सकेको छैन ।