एमालेमा समानान्तर कमिटी बनाउने नेपाल पक्षकाे घोषणा



बिर्तामोड– नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित माधव नेपाल समूहका पदाधिकारीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलेे जिम्मेवारीमुक्त गरेपछि एमालेमा समानान्तर कमिटी बन्ने भएको छ ।

प्रधानमन्त्री ओलीले आज एकपक्षीय रुपमा बैठक राखेर माधव नेपाल निकटका नेताहरूको जिम्मेवारी खोसेपछि उनीहरूको छुट्टै बैठक बसेको थियो । नेपाल पक्षीय स्थायी कमिटीको बैठकले समानान्तर कमिटी गठन गर्दै अघि बढ्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले अध्यक्ष र महासचिव बाहेकका पदाधिकारीको जिम्मेवारी खोसेर मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेका थिए । त्यस लगत्तै बसेको नेता नेपाल पक्षको बैठकले विधान विपरीत निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको हो ।