धुलाबारीमा राखियो पूर्व प्रधानमन्त्री कोइरालाको सालिक



धुलाबारी– नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय समितिले झापाको धुलाबारीमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सालिक स्थापना गरेको छ । झापामा कोइरालाको सालिक पहिलो हो ।

कोइरालाको ११ औं स्मृति दिवसको अवसर पारेर कांग्रेस क्षेत्रीय समितिले पार्टी कार्यालयमा सालिक स्थापना गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज काेइरालाकाे सालिक अनावरण गरेका छन् ।

कांग्रेस नेता कार्यकर्ताले आ-आफूले आर्थिक स्रोत जुटाएर गणतन्त्र नेपालका प्रथम राष्ट्राध्यक्ष कोइरालाको सालिक स्थापना गरेका हुन् ।

कांग्रेसका क्षेत्रीय सभापति मणिकुमार उप्रेतीले एक लाख २० हजार रुपैयाँको लागत सालिक निर्माण भएको बताए । कोइरालाको सालिक भारतको जयपुरमा बनाएर नेपाल ल्याइएको हो ।