
बिर्तामोड– झापाका तीनवटा सहकारी संस्था एकीकृत भएका छन् । वित्तिय कारोवारको दायरालाई फराकिलो बनाउने लक्ष्यका ती सहकारी संस्थाबीच एकीकृत कारोवार सुरु भएको हो ।
दमकको डाँफे बचत तथा ऋण सहकारी संस्था, बिर्तामोडको अरनिको बचत तथा ऋण सहकारी संस्था र त्रिशक्ति बहुउद्देश्यीय सहकारी संस्था एकीकृत भएका हुन् ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले एकीकरण अभियानले सहकारी आन्दोलन थप गतिशील र प्रभावकारी हुने विश्वास व्यक्त गरे । एकीकृत सहकारीको नाम डाँफे बचत तथा ऋण सहकारी राखिएको छ ।
एकीकृत भएपछि सहकारीमा सदस्य संख्या छ हजारको हाराहारी पुगेको छ । तीनवटाको वासलात मिलाउँदा ६० करोड हाराहारी हुने अध्यक्ष तुलाराम न्यौपानेले बताए ।
अरनिको साकोसका अध्यक्ष रोहित भट्टराईले सानो वित्तीय सेवा गर्ने सहकारीहरु एकीकरण गर्नु नै उत्तम विकल्प भएको बताए ।