चालिस वर्ष जेल बसेर छुटेका तिम्सिनाले लिए नेपाली नागरिकता



इलाम–भारतमा ४० वर्ष जेल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिनाले आज नेपाली नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय इलामबाट उनले नागरिकता लिएका हुन् ।

सहायक प्रमुख जिल्ल अधिकारी झरेन्द्रप्रसाद चापागाई र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयलले उनलाई नागरिकता प्रदान गरेका छन् । दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि प्रशासन कार्यालयले पनि सहजीकरण गरेको हो ।