मल कारखाना खोल्न स्वदेशी विजुली प्रयोग गर्ने प्रधानमन्त्रीको घोषणा



झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमा उत्पादित बिजुलीको प्रयोग गरेर रासायनिक मल कारखाना खोल्ने तयारी भइरहेको बताएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कारखानाका लागि सरकारले एउटा सिङ्गै परियोजनाको विजुली दिने पनि बताए ।

नेपालमा मल कारखाना सञ्चालन गर्न सकिने र त्यसका लागि भारतबाट प्राकृतिक ग्याँस ल्याउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले स्वदेशमा उत्पादित बिजुलीको उपयोगिता बढाउने धारणा राखेका हुन् ।