भद्रपुरको एउटा घरमा प्रहरीको छापा, ब्राउनसुगरसहित समातिए मगर



भद्रपुर- झापा भद्रपुरको एउटा घरमा छापा मारेर प्रहरीले आज दिउँसो १६ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका घर भई झापाको कचनकवलमा बस्दै आएका २१ वर्षीय रोशन मगर छन् ।

भद्रपुर नगरपालिका-१० भृकुटी चाेकका माइक मर्डीकाे  घरमा शंका लागेर छापा मार्दा ब्राउन सुगरसहित मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका मगरलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।