विद्यालय बन्द गर्ने सरकारको निर्णयप्रति अभिभावक सङ्घको आपत्ति



झापा– देशभरका विद्यालय चार दिनका लागि बन्द गर्ने सरकारको निर्णयप्रति नेपाल अभिभावक महासंघले आपत्ति जनाएको छ । हचुवाका भरमा सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको भन्दै अभिभावक महासंघलेे आपत्ति प्रकट गरेको हो ।

काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा वायु प्रदूषण बढेको भन्दै सरकारले आज चार दिनका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय असुहाउँदो भएको बताए ।

संस्थागत विद्यालयहरूको छाता संस्था प्याब्सनका अध्यक्ष टीकाराम पुरीले सरोकारवाला निकायसँग छलफल नगरी सरकारले एकलौटी रुपमा गरेको निर्णय नमान्ने बताए ।

वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने जनाउँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय चार दिनसम्म बन्द गर्ने निर्णय सार्वजनिक गरेको थियो ।