इलाममा सिम्रिकका दुई सेवा केन्द्र स्थापना




बिर्तामोड– सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले इलाम र सूर्योदय नगरपालिकामा दुई वटा शाखा विस्तार गरेको छ । सिम्रिकले २४ औं सदस्य सेवा केन्द्र इलाम बजारमा र २५ औं सदस्य सेवा केन्द्र फिक्कलमा स्थापना गरेको हो ।

सिम्रिकले यसअघि इलामको दानावारीमा पनि सदस्य सेवा केन्द्र स्थापना गरेको थियो । संस्थाको वित्तिय सेवालाई फराकिलो बनाउँदै लैजाने नीति अनुसार सेवा केन्द्र थपिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए ।

सिम्रिकका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले झापा, मोरङ र इलाममा रहेका २७ वटा सेवा केन्द्रमार्फत ३३ हजार भन्दाबढी सदस्यलाई सेवा दिइएको जानकारी दिए । २० करोड ६७ लाख शेयर पूँजी रहेको सिम्रिकले एक अर्ब २९ करोड २६ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।