वृद्ध भत्ता बढाउने सरकारको घोषणा



झापा– सरकारले वृद्ध वृद्धालाई दिइँदै आएको भत्ताको रकम बढाउने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षदेखि बृद्ध भत्ताको रकम बढाउने घोषणा गरेका हुन् ।

रिपोर्टर्स क्लबको वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आज यस्तो घोषणा गरेका हुन् । उनले साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका छन् ।