प्रदेश सहकारी मन्त्रालयद्वारा सहकारीको अनुगमन शुरु



झापा– भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले मातहतका सहकारी संस्थाहरूको अनुगमन सुरु गरेको छ । प्रदेश सरकारको नियमन र क्षेत्राधिकारमा पर्ने सहकारी संस्थाहरूको अनुगमन शुरु भएको हो ।

नियमित र सघन अनुगमन गर्ने क्रममा सुनसरी जिल्लाबाट प्रदेश सरकार मातहतका सहकारीको अनुगमन सुरु गरिएको प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार बलराम निरौलाले बताए ।

रजिष्ट्रारको कार्यालयले सबै सहकार्य संस्थाहरुलाई आफ्नो अभिलेख तथा सूचनाहरु चुस्त दुरुस्त राख्न र अनुगमनकर्ता कर्मचारीले मागेको सूचना र अभिलेख उपलब्ध गराइदिन पनि अपिल गरेको छ ।