नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम हस्तान्तरण




बिर्तामोड – नेपाल लाइफ इन्स्योरेन्स बीमा दाबी रकम हस्तान्तरण गरेको छ। मेचीनगर ४ बाहुनडाँगी बजारका बीमित गणेश बहादुर खड्काको निधनपछि नेपाल लाइफले बीमा रकम हस्तान्तरण गरेको हो ।

श्रीमती सुशीला खड्का र छोराहरूको हातमा पूर्व मन्त्री एवम् झापा प्रतिनिधि सभा क्षेत्र नम्वर १ का सांसद राम कार्कीले तीनलाख उन्नाइस हजार पाँ चसय रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

उनले बीमाले पनि मर्दा पर्दा आर्थिक राहत प्रदान गरी मलम पट्टी लगाउने काम गरेको बताए । खड्काले २०७७ असोजमा बीमा सहजकर्ता व्यवसाय संयोजक लक्ष्मी पौड्याल आचार्यमार्फत नेपाल लाइफमा २३,५५८ प्रथम किस्ता जम्मा गरी तीन लाखको १५ वर्ष जीवन बीमा गरेका थिए ।

उनको कोरोना संक्रमणका कारण मंसिर ८ मा मृत्यु भएको थियो। बीमा दावी भुक्तानी कार्यक्रम नेपाल लाइफ बिर्तामोड शाखा प्रमुख अमरेन्द्र कर्णको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपालका केन्द्रीय सदस्य एवम बीमक समिति नेपाल लाइफका सल्लाहकार बरिष्ट एजेन्सी मेनेजर सीपी कडरिया, बीमक समिति नेपाल लाइफका केन्द्रीय सदस्य ,बरिष्ठ एजेन्सी मेनेजर तेजमणि प्रसाईं, बिर्तामोड सचिव एवम् वरिष्ठ एजेन्सी मेनेजर श्रीप्रसाद सिटौला, धुलाबारी अध्यक्ष डिल्लीराम न्यौपाने, मेचीनगर ४ का वडा सदस्यहरू विनोद रन्जितकार, कमला मोते, प्रलाद दाहाल र मन्जिता लिम्बू, सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक भीकुमार श्रेष्ठ, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर आचार्य, हात्ती ब्यवस्थापन समितिका अध्यक्ष हरि उप्रेती लगायतको सहभागिता रहेको थियो ।