काेशी कटान क्षेत्रमा दुर्घटना : तीनजनाको मृत्यु



इटहरी– पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी कटान क्षेत्रमा आज विहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । माइक्रोबसले पिकअप भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो ।

घटनामा अरु दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा सप्तरीका उदय साह, विराटनगरका रामप्रसाद साह र अक्षय कुमार गुप्ता छन् । गम्भीर घाइते भएकाहरूको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ ।

पूर्वबाट पूर्वबाट पश्चिम जाँदै गरेको बा ३ ख ७२२४नम्बरको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको स १प ४६६१ नम्बरको मोटरसाइकल र को १च ९३६८ नम्बरको भ्यानलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।