खयरडाँगीका सुत्केरी तथा बृद्धा महिलालाई स्वास्थ्य सामग्री वितरण



मेचीनगर–मखमली महिला विकास संस्था मेचीनगरले आज खयरडाँगीका विपन्न समुदायका सुत्केरी तथा बृद्धा महिलालाई स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाले भिटामिन, सेनिटाइजर, मास्क, ग्लोब्स, थर्मोमिटर, फेसशिल्ड, पानीलगायतका सामग्री वितरण गरेको संस्थाकी अध्यक्ष माया गुरुङले बताउनु भयो ।

संस्थाले कोभिड १९ को संक्रमणका कारण सुत्केरी र बृद्धा महिला बढी जोखिममा पर्ने भएकाले उनीहरुलाई प्राथमिकतामा राखेर स्वास्थ्य सामग्री वितरण गरेको हो । खयरडाँगीका ४० भन्दाबढी महिलाले स्वास्थ्य सामग्री पाएका छन् ।

संघीय सांसद राम कार्कीको सांसद विकास कोषबाट प्राप्त आर्थिक सहयोगबाट स्वास्थ्य सामग्री पाएपछि स्थानीय ७५ बर्षीय सुष्मा दनुवारले खुशी हुँदै संस्थालाई धन्यवाद दिनु भएको छ ।