कक्षा १२ को परीक्षा स्थगित, १५ दिनअगाडि अर्को मितिबारे सूचना दिइने




झापा– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले परीक्षा स्थगित गरिएको बताएका हुन् । उनलेअब परीक्षा हुनुभन्दा १५ दिनअगाडि अर्को मितिबारे सूचना दिइने जानकारी दिए ।

यसअघि शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बढ्दो कोरोनाभाइरस सङ्क्रमणबीच परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जनाएका थिए।