धान किन्दा एक करोड भ्रष्टाचार



सिरहास्थित नेपाल खाद्य संस्थान लहानमा झन्डै एक करोड भ्रष्टाचार भएको तथ्य बाहिर आएको छ। संस्थानका कर्मचारी र मिल सञ्चालकबीच मिलेमतो गरी धान खरिदमा भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ।

अख्तियारले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा साविक खाद्य संस्थान मुख्य शाखा कार्यालय, लहानका प्रमुख गंगाप्रसाद साहसमेत चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

२०७५ सालमा नियमविपरीत ७० हजार क्विन्टल धान खरिद गर्दा कमिसन लिई भ्रष्टाचार गरेको, गुणस्तरहीन धान खरिद गरी चामल सडेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो।