दमककाे एडभान्स अस्पतालमा तोडफोड



दमक– उपचारका लागि भर्ना गरिएका बालकको मृत्यु भएको विषयलाई लिएर झापाको दमकस्थित एड्भान्स अस्पतालमा तोडफोड भएको छ । डाक्टरले उपचारमा लापरवाही गरेको जनाउँदै पीडित पक्षले अस्पतालमा तोडफोड गरेको हो ।

कोरोना संक्रमण र निमोनियाले ग्रसित कमल गाउँपालिका-१ का ११ महिने शिशु क्रिजन खडकाको मृत्यु भएको थियो । घटनापछि अस्पताल प्रशासनले उपचारमा संलग्न डाक्टरलाई भगाएको भन्दै आफन्तले तोडफोड गरेका हुन् ।

अस्पताल तोडफोडमा संलग्न केहीलाई प्रहरीले पक्राउ गरेको छ । बालकको शव शुक्रबारदेखि अस्पतालमा थियो ।