नेपाली नागरिकता नभएपछि रविको सांसद र मन्त्री पद खारेज



झापा-सर्वाेच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । नेपाली नागरिकता पुन लिने प्रक्रिया पूरा नगरेको जनाउँदै सर्वाेच्चले शुक्रवार लामिछानेको सांसद पद खारेज गरेको हो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजसालले उक्त निर्णय सुनाएको छ ।

लामिछाने चितवन निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । फैसलासँगै सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने भएको छ ।

लामिछानेले नागरिकता पुन प्राप्त गर्ने प्रक्रिया पूरा नगरेकाले उनको सांसद पद गुमेको सर्वाेच्चले जनाएको छ । नेपालको मन्त्री हुन नेपाली नागरिक हुनुपर्छ । उनको नागरिकता नै नरहेको ठहर भएपछि मन्त्री पद स्वत गएको हो ।

लामिछाने ३२ दिन अघि उपप्रधान तथा गृहमन्त्री बनेका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलापछि पुस ११ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएका लामिछानेको पद गएको हो ।