मेची उद्योग वाणिज्य संघमा निरौला कांग्रेस प्यानलका उमेद्वार




काँकडभिट्टा–मेची उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी मोहन निरौला उम्मेद्वार बन्ने निश्चित भएको छ । निरौला नेपाली कांग्रेसको प्यानलबाट चुनाव लड्न लागेका हुन् ।

नेकपा एमाले नेतृत्वको प्यानलले खेमराज प्रसाईको नेतृत्वमा निर्वाचन लड्ने घोषणा गरिसकेको छ । दलीय समर्थन र प्रभावका आधारमा व्यवसायीहरु लामो समयदेखि प्यानल खडा गरेर चुनाव लड्दै आएका छन् ।

नेपाली कांग्रेस प्यानलबाट अध्यक्षमा निरौलाको नाम पक्कापक्की भएको हो । निरौला हाल संघको वरिष्ठ उपाध्यक्ष छन् । उनले मेची भन्सार एजेन्ट संघको समेत नेतृत्व गर्दै आएका छन् ।

‘कांग्रेस प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कपिल क्षेत्री उम्मेद्वार बन्नेछन् भने महासचिवमा रवि नेपालको नाम फाइनल भएको छ । एमाले नेतृत्वको प्यानलबाट महासचिवमा दिनेश शाक्य, उद्योग उपाध्यक्षमा आनन्द खड्का लगायतको नाम अघि सारिएको छ ।