इराकमा १४ जनालाई मृत्युदण्डको सजाय




झापा- इराकी अदालतले १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजाय सुनाएको छ । ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको अदालतको ठहर छ ।

नागरिक हत्यामा संलग्न पाइएको भन्दै अदालतले बिहीवार ती १४ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो । सन् २०१४ मा इराकको टिक्रिट सहरमा आइएस आतङ्ककारीहरुले कब्जा गर्ने प्रयास गरेका थिए ।

त्यस क्रममा कम्तीमा पनि एक हजार ७०० जना इराकी सैनिक मारिएका थिए । यसरी आम रुपमा मारिएका ती सैनिकको हत्यामा संलग्नताको पुष्टि भएपछि उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।