सहकारी संस्थालाई गरिबी व्यवस्थापन सूचना प्रणाली तालिम



बिर्तामोड- बिर्तामोड नगरपालिकाले सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली तालिम आजदेखि सुरु गरेको छ । स्थानीय सहकारी संस्थाका लागि सामाजिक विकास शाखाले तालिम सञ्चालन गरेको हो ।

तालिमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी छन् । उनले सहकारीमा कुनै समस्या भए समाधान गर्दै लैजानुपर्ने बताइन् । तालिममा बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका प्रदेश र नगरपालिका मातहतका सहकारी संस्थाबाट ६० जना सहभागी छन् ।

बिर्तामोडमा प्रदेश मातहतका ९२ र नगरपालिका मातहतका ३४ वटा सहकारी सञ्चालनमा रहेको सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले बताए ।