राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठक



झापा- राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ । अहिले राति रास्वपाको बैठक बसिरहेको हो । पार्टी अध्यक्ष रवि लामिछानेको सांसद पद गुमेपछि आकस्मिक बैठक बसेर आगामी कार्यनीति तय गर्ने तयारी रास्वपाको छ ।

सर्वाेच्च अदालतको फैसलापछि सांसद पद गुमाउन पुगेका लामिछानेले अदालतको फैसलाप्रति आफ्नो सम्मान प्रतिक्रिया दिइसकेका छन् । उनले साँझ प्रधानमन्त्रीलाई भेटेर राजीनामा पनि बुझाएका छन् ।

नागरिकतासम्बन्धी मुद्दामा अदालतले दोषी ठहर गरेपछि लामिछानेको मन्त्री तथा सांसद पद दुवै गुमेको छ ।