साहित्य चौतारी झापाको मासिक सांगीतिक काव्यसभा शनिवार




झापा-साहित्य चौतारी झापाको मासिक सांगीतिक काव्यसभा शनिवार बिर्तामोडमा हुँदैछ । साहित्य, संगीत र कलाको संगमका रुपमा निरन्तर अभियान चलाउँदै आएको साहित्य चौतारीले काव्यसभा आयोजना गरेको हो ।

मूर्तिकार हिम्मत नेम्वांगको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको छ । यसअघि दुई महिना अघिको काव्यसभामा नेम्वांगको विशेष प्रस्तुति साहित्य चौतारीले राखेको थियो ।

कार्यक्रममा द भ्वाइस अफ नेपालका प्रतिभाशाली प्रतिस्पर्धी भुपेन्द्र रणपालको विशेष प्रस्तुति रहने साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले बताए ।