प्रेस सेन्टरले मनायो स्थापना दिवस




झापा– प्रेस सेन्टर नेपाल झापाले संगठनको स्थापना दिवस मनाएको छ । प्रेस सेन्टर झापाले आइतवार बिर्तामोडस्थित गौरीशंकर प्रतिष्ठानमा संगठनको १९ औँ स्थापना दिवस मनाएको हो ।

प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य लीलाराज झापालीको प्रमुख आतिथ्य रहेको थियो ।

संगठनका झापा सह–सचिव सन्तोष शर्माले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि झापालीले संगठनलाई चलायमान बनाउन निर्देशन दिएका छन् । कार्यक्रमको सञ्चालन संगठनका झापा सचिव उद्धव पुरीले गरेका थिए ।

कार्यक्रममा प्रेस सेन्टर नेपाल झापाका कोषाध्यक्ष पुष्प खड्का, सदस्य होमप्रकाश अधिकारीलगायतको उपस्थिति रहेको थियो ।