आर्थिक संकटका कारण उद्योग व्यवसाय धरासायी- ढकाल




बिर्तामोड- नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले बढ्दो आर्थिक संकटका कारण उद्योग व्यवसाय धरासायी भएको बताएका छन् । बीरता लेडी जेसीजले सोमवार आयोजना गरेको कार्यक्रममा उनले ‘विग हाउस’ लाई कुनै समस्या नभए पनि साना उद्योगी व्यवसायी मारमा परेको बताए ।

‘चुनौति आउँछन्, आत्तिएर हुँदैन । विस्तारै सामना गर्नुको विकल्प पनि छैन्’, बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको विश्लेषण कार्यक्रममा अध्यक्ष ढकालले भने ।

उनले औद्योगिक विकासको अवधारणालाई आत्मसात गर्ने राजनीतिक नेतृत्वको अभाव रहेको जनाउँदै कर्मचारीतन्त्रले पनि पन्छिने काम मात्रै गरेको बताए । बिर्तामोड महोत्सवले व्यवसाय प्रवद्र्धनको नीति लिएको जनाउँदै अध्यक्ष ढकालले यसलाई सफल पार्ने दायित्व सबैको भएको औँल्याए ।