प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल



मोरङ– नेकपा एमाले महासचिव शंकर पोखरेल राष्ट्रपतिको चुनावको विषयलाई लिएर प्रधानमन्त्रीको व्यवहार नकारात्मक नभएको बताएका छन् । उनले सोमवार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ नभएको बताए ।

‘राष्ट्रिय सहमति खोज्नुको अर्थ प्रतिपक्षलाई दिनु भन्ने होइन, प्रधानमन्त्रीले पनि सत्ता गठबन्धनभित्रबाट नै राष्ट्रपति होस् भन्ने चाहनुभएको छ’। महासचिव पोखरेलले भने ।

संघदेखि प्रदेशसम्म नै गठबन्धनको सरकार भएकाले सत्ता गठबन्धनको उम्मेदवार नै राष्ट्रपति हुने उनको जिकिर छ । बरु कांग्रेसले सत्ताबाहिर रहँदा अस्थिरता ल्याउन खोजेको आरोप पोखरेलले लगाएका छन् ।