
बिर्तामोड- नवसञ्चार गृह प्रालिद्वारा बिर्तामोडबाट नियमित प्रकाशन हुँदै आएको प्रतिदिन राष्ट्रिय दैनिक आजदेखि १४ वर्ष पूरा गरी १५ औँ वर्षमा प्रवेश गरेको छ । पूर्वी नेपालमा प्रदेशस्तरकै पत्रिका प्रकाशन गरी आम पाठकलाई सुसूचित गर्ने उद्देश्यले यो पत्रिकाको प्रकाशन प्रारम्भ भएको थियो ।
प्रतिदिनले झापा जिल्लाका विभिन्न क्षेत्रसँगै मोरङसम्म आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ । कोरोना महामारीका कारण जिल्लाका धेरै पत्रिका बन्द भइरहँदा पनि प्रतिदिन दैनिक प्रकाशन भइरहेको हो ।
प्रतिदिन दैनिक पत्रिका र प्रतिदिनडेली डटकम अनलाइनमार्फत पाठकहरुलाई पलपलको समाचार र सूचना प्रवाह गर्दै आएको छ । अरुको समाचार कपी गरेर पत्रिका र अनलाइन चलाउने पत्रकारहरुको बढ्दो प्रवृत्तिलाई चिर्दै यस पत्रिकाले स्थानीय क्षेत्रमा खोजी गरी आफ्नै मौलिक समाचार पस्किने गरेकाले धेरैको मन जित्न सफल भएको हो ।
स्थानीय समाचारलाई मुख्य प्राथमिकता दिएकै कारण प्रतिदिन दैनिक र यसको अनलाइन लोकप्रिय रहेको सम्पादक इन्द्रसिंह राजवंशी बताउँछन् । स्थानीय विषयवस्तुलाई प्रतिदिन दैनिकले राष्ट्रिय महत्वको बनाउने गरेको उनले बताए ।
पत्रिकालाई यहाँसम्म ल्याइपु¥याउने आम पाठक, विज्ञापनदाता, पत्रिकाका सञ्चालक, व्यवस्थापन पक्ष, वितरक, शुभेच्छुक सबैलाई धन्यवाद दिदैँ सम्पादक राजवंशीले आगामी दिनमा समेत निरन्तर र भरमग्दूर सहयोगको अपेक्षा गरिएको बताए ।