
मेचीनगर–नेपालबाट भारत लैजाँदै गरिएको २० किलो सुपारी मंगलवार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी सतीघट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–७ गैरीगाउँबाट उक्त परिमाणको सुपारी बरामद गरेको हो ।
बरामद सुपारीको मूल्य करिव २० हजार रुपैयाँ छ । उक्त सुपारी मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी बसन्त पाठकले बताए ।