भद्रपुरको मेचीपुलबाट विश्वकर्मा पक्राउ



बिर्तामोड–नेपाल भारत सीमा नाकाको भद्रपुरबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भद्रपुर–१० का सन्तोष विश्वकर्मालाई सोमवार राति नौ बजे समातेको हो ।

लागूऔषध लिएर साइकलमा आउँदै गरेको अवस्थामा ३२ वर्षीय विश्वकर्मा पक्राउ परेको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठकले विश्वकर्माको साथमा डाइजीपाम ८ एम्पुल, फेनारगन ७ एम्पुल र लेवल बिनाको ६ एम्पुल गरी
२१ एम्पुल लागूऔषध भेटिएको बताए ।