झापाको दमकबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ



दमक-लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले बुधवार दिउँसो झापाको दमकबाट पक्राउ गरेको छ । नयाँ आम्दास्थित खरखरेबाट प्रहरीले दमक–शान्ति टोलका तेजकुमार खवास, सुनिल श्रेष्ठ र बिजय धिमाललाई पक्राउ गरेको हो ।

आफूले प्रयोग गरेका सवारीसाधन रोकेर छलफल गरिरहेका बेला शंका लागेर खानतलासी गर्दा उनीहरुका साथमा ब्राउन सुगर भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठकले उनीहरुका साथमा १९ ग्राम ब्राउनसुगर भेटिएको बताए ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई समातेको हो । प्रहरीले प्र।१(०२(०४८ प ६६५७ र ज १२ प ५५५७ नम्वरको मोटरसाइकल तथा को २८ प ३१४६ नम्वरको स्कुटी नियन्त्रणमा लिएको छ ।

प्रवक्ता पाठकका अनुसार उनीहरुका साथमा चारथान मोवाइल र ९७ हजार छ सय रुपैयाँ नगद पनि फेला परेको छ । तीनै जनालाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखएिको छ ।