सम्पादक अधिकारीलाई डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार




बिर्तामोड– प्रेस सेन्टर नेपाल झापा शाखाले यस वर्षको डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका अग्रज पत्रकार दीपक अधिकारीलाई प्रदान गरेको छ ।

गौरीशंकर स्मृति प्रतिष्ठानमा आइतबार आयोजित समारोहका बीच पत्रकार अधिकारीलाई प्रदेश सरकारका मन्त्री राजेन्द्र कार्कीले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकका अनुसार पुरस्कारको राशि २१ हजार रुपैयाँ छ । नौलो आवाज साप्ताहिकका सम्पादक अधिकारी अढाई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।