
चितवन-जंगली जनावरको आक्रमणबाट गत आर्थिक वर्षमा चितवनमा १२ जनाले ज्यान गुमाएका छन् । चितवन राष्ट्रिय निकुञ्ज वरपर जंगली जनावरको आक्रमणबाट उनीहरूको ज्यान गएको हो ।
बाघ, गैँडा र हात्तीको आक्रमणबाट आर्थिक वर्ष २०७९-८० मा १२ जनाको मृत्यु भएको राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए ।

मृतकका परिवारलाई राहत दिने सरकारी नीति अनुरुप जनही १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराइएको छ ।

जंगली जनावरको आक्रमणबाट ३१ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएकालाई उपचार खर्च स्वरुप ३२ लाख ८० हजार रुपैयाँ प्रदान गरिएको छ ।