
नेपालगञ्ज– बाँकेकाे कारागारमा क्षमता भन्दाबढी कैदीबन्दी राखिएपछि उनीहरूको दैनिकी कष्टकर भएको छ । साँघुरो भएका कारण बस्न, सुत्न र दैनिक क्रियाकलाप गर्न पनि कैदीबन्दीलाई मुस्किल छ ।
पुरानो संरचनामा क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिँदा कोचाकोचको स्थितिमा निकै सास्ती झेल्नुपरेको अधिवक्ता बसन्त गौतम बताउँछन् ।

३५० जना क्षमता भएको जिल्ला कारागारमा हाल ९९२ कैदीबन्दी राखिएका छन् । बालसुधार गृहमा पनि क्षमता भन्दाबढी २५० जना बालक छन् ।