
एजेन्सी– उत्तरपूर्वी चीनमा भारी वर्षाका कारण विद्यालयको व्यायामशालाको छत भत्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । व्यायामशाला भत्किँदा १९ जना भित्र फसेको अधिकारीहरुले बताएका छन् ।
प्रत्यक्षदर्शीहरूले मिडियालाई भने कि मृत्यु हुनेमा धेरै बालबालिका छन्, यद्यपि यो आधिकारिक रूपमा पुष्टि हुन बाँकी छ।
औद्योगिक हेलोङजियाङ प्रान्तको क्विहार सहरमा रहेको भवनको इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । चारजना भाग्न सफल भएको अधिकारीहरुले बताएका छन् ।
भग्नावशेषबाट निकालिएका १५ जनामध्ये चार जना मात्रै बाँचेका छन् ।