
झापा– आगामी एक वर्षभित्र प्रदेश जिल्ला र पालिका अधिवेशन गर्ने पूर्वघोषित निर्णयअनुसार नेकपा एमाले प्रादेशिक तहको अधिवेशन मिति घोषणा गरेको छ ।
एमालेले गण्डकी प्रदेश बाहेक अरु ६ प्रदेशको अधिवेशन मिति तयार गरेको हो केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । गण्डकी प्रदेशको बैठक बस्न बाँकी रहेकाले मिति तोक्न नसकिएको हो ।

डाक्टर अधिकारीका अनुसार प्रादेशिक तहमा नेकपा एमालेले भदौ १६ गतेदेखि अधिवेशन प्रारम्भ गर्नेछ । १६–१७ भदौमा लुम्बिनी, २९–३० भदौमा कर्णाली र २२–२३ भदौमा सुदूरपश्चिम प्रदेशले अधिवेशनको मिति तोकेको छ ।

कोशी प्रदेशको अधिवेशन १२–१३ असोजमा हुनेछ । मधेश प्रदेशले ५–६ असोज र बागमती प्रदेशले ८–९ असोजमा अधिवेशन गर्ने तय भएको छ ।
घोषित निर्णयअनुसार सबैभन्दा पहिले नेकपा एमालेले प्रदेश अधिवेशन सम्पन्न गर्नेछ । प्रदेशपछि जिल्ला र पालिका तहको अधिवेशन हुनेछ ।