Home / कला / ‘ए मेरो हजुर २’ को ‘उकालीमा जाँदा जाँदै’ गीत रिलिज (भिडियोसहित)

‘ए मेरो हजुर २’ को ‘उकालीमा जाँदा जाँदै’ गीत रिलिज (भिडियोसहित)

भाद्र १६ गतेलाई रिलिज कन्फर्म गरिएको वर्षको प्रतिक्षित फिल्म ‘ए मेरो हजुर २’ को तेस्रो गीत रिलिज भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समाबेश ‘उकालीमा जाँदा जाँदै’ बोलको सार्वजनिक गीतमा बसन्त सापकोटाको शब्द-संगीत र राजेशपायल राई र इन्दिरा जोशीको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बाँनिया, सलोन बस्नेत लगायतका कलाकारहरु फिचरिङ छन् ।
गीतमा फिल्मका कलाकारहरु मस्ती मूडमा देखिएका छन् । यसअघि फिल्मको ट्रेलरसँगै ‘कसम हो’ र ‘किनीदेउ न साइला दाई’ बोलको गीत सार्वजनिक भैसकेको छ । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् ।
बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्। झरना थापा निर्देशित यो फिल्म ‘ए मेरो हजुर’ को सिक्वेल हो । स्व.शिब रेग्मीको निर्देशन रहेको ‘ए मेरो हजुर’मा झरना थापा र स्व.नायक श्रीकृष्ण श्रेष्ठले मुख्य भुमिका थियो ।
Source : Filmykhabar
Facebook Comments

Check Also

गोर्खा टेलरिङकोे दसैँ तिहार योजना ‘दौरा-सुरुवालमा लक्की ड्र’

‘नेपाली मौलिकता बचाऔँ, नेपाली पोशाक लगाऔँ’ भन्ने मान्यतालाई आत्मसात् गर्दै झापाको बिर्तामोडमा एक वर्ष पहिलेदेखि …

Leave a Reply

Your email address will not be published.