मिडिया कपलाई प्रिमियर इन्स्योरेन्सको साथ

बिर्तामोड, भदौ ७ । झापा मिडिया कप २०७४ लाई प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लि.ले साथ दिने भएको छ ।

जसअनुसार आयोजक विवेचना दैनिक र इन्स्योरेन्सबीच बुधबार सम्झौता भएको छ । सम्झौताअनुसार प्रतियोगिताको टाइटल ‘प्रिमियर इन्सुरेन्स झापा मिडिया कप २०७४’ रहने विवेचना दैनिकका सम्पादक हिमाल खरेलले जानकारी दिए ।

इन्सुरेन्सका बिर्तामोड शाखा प्रबन्धक सन्तोष उप्रेतीले कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत झापाली सञ्चारकर्मीसँग सहकार्य गर्न खोजिएको बताए । ‘निर्जीवन बीमाबारे नागरिकस्तरमा जानकारी नभएकाले पनि जानकारी गराउन मिडियासँग सहकार्य गरिएको हो’, शाखा प्रबन्धक उप्रेतीले भने । इन्सुरेन्सको शाखा कार्यालय हनुमान सेन्ट्रलमा रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published.