सूर्योदयलाई झापा मिडिया कप

बिर्तामोड, भदौ १२ । सूर्योदय टेलिभिजनले ‘प्रिमियर इन्स्योरेन्स झापा मिडिया कप २०७४’ को उपाधि रक्षा गरेको छ ।

नमुना सामुदायिक खेल मैदानमा आयोजित प्रतियोगिताको फाइनल खेलमा अर्जुनधाराको यलम्बर टाइम्स- मेरो रेडियोलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै सूर्योदयले उपाधि रक्षा गरेको हो । जीतसँगै उसले नगद २१ हजार पायो भने उपविजेताले ११ हजारमा चित्त बुझाएको छ ।

विवेचना दैनिकले २५औँ वर्ष पार गरेको अवसरमा आयोजित मिडिया कपको सोमबार बिहान भएको सेमिफाइनल खेलमा आमसञ्चार डटकमलाई ३-१ गोलले पराजित गर्दै सूर्योदय फाइनलमा प्रवेश गरेको हो भने रेडियो सनराइजलाई ३-० गोलको अन्तरमा पराजित गर्दै यलम्बर-मेरो रेडियोले अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो ।

फाइनल खेलमा सूर्योदयका लागि अनिस लिम्बूले दुई गोल गरे भने एक गोल आत्मघातीस्वरुप उपहार पाएको हो । प्रतियोगिताभरकै उत्कृष्ट खेलाडी सूर्योदयका अनिस लिम्बू घोषित भए । उनलाई मोबाइल दोकानका तर्फबाट एन्ड्रोइड मोबाइलसहित आयोजकले नगद प्रदान गरेको थियो ।

त्यस्तै, सूर्योदयकै सन्देश तामाङ उत्कृष्ट गोलरक्षक, सूर्योदयकै किशोर कन्दङ्वा उत्कृष्ट मिडफिल्डर, यलम्बर टाइम्स-मेरो रेडियोका रमेश थापा उत्कृष्ट रक्षक र सोही टिमबाट दिपेन्द्र दनुवार उत्कृष्ट फरवार्ड घोषितहुँदै ट्रफीसहित नगद पुरस्कारबाट पुरस्कृत भए ।

उनीहरुलाई विवेचनाका अध्यक्ष तेजमणि प्रसाईं, प्रबन्ध निर्देशक नविन खरेल, सम्पादक हिमाल खरेल, कार्यकारी सम्पादक विनोद सापकोटा, समाचार सम्पादक तथा खेल संयोजक रमेश समदर्शी, प्रबन्धक एकराज प्रधान र बरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’ले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितको उपविजेता टिमलाई अर्जुनधारा नगरपालिकाकी उपमेयर कमला आचार्य, रुप मोबाइल घरका प्रोपाइटर खगेन्द्र नेपाल र होटल हिकोला हेरिटेजका अध्यक्ष देवी श्रेष्ठ लगायतले ट्रफी, प्रमाणपत्र, मेडल र नगद प्रदान गरे ।

त्यस्तै, विजेता सूर्योदय टेलिभिजनलाई कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, टाइटल स्पोन्सर प्रिमियर इन्स्योरेन्स बिर्तामोड शाखाका प्रमुख सन्तोष उप्रेतीलगायतले नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरेका थिए ।

यसअघि पत्रकार महिला र विर्ता लेडी जेसीजबीच मैत्रीपूर्ण खेल भएको थियो । जसमा विर्ता लेडी जेसीजकी निर्मला राजवंशीले गरेको एकमात्र गोल निर्णायक भएको थियो ।

Facebook Comments

Check Also

पूर्वमै पहिलोपटक बिर्तामोडमा जाप्निज भाषा परीक्षा J-TEST सम्पन्न

बिर्तामोड, मंसिर ३ । पूर्वाञ्चलमा पहिलोपटक झापाको बिर्तामोडमा आइतबार जाप्निज भाषा परीक्षा जे-टेस्ट (J-Test) सम्पन्न …

प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयघात

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश (साकार) दाहाल गम्भीर बिरामी परेपछि काठमाडौंको नर्भिक …

Leave a Reply

Your email address will not be published.