Home / अन्तरवार्ता / ‘इटहरीमा इन्जिनियर्सको सम्मेलन हुनु गौरवका कुरा’

‘इटहरीमा इन्जिनियर्सको सम्मेलन हुनु गौरवका कुरा’

जीवन घिमिरे
व्यवस्थापन संयोजक

डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन) को १३ औँ राष्ट्रिय सम्मेलन पहिलोपटक सुनसरीको इटहरीमा यही भदौ १५ देखि १७ गतेसम्म आयोजना हँुदैछ । सार्कस्तरीय सो कार्यक्रमलाई लिएर यतिबेला सर्वत्र चर्चा भइरहेको छ । सार्क टेक्नोलोजी सेन्टरको कार्यालय समेत रहेको इटहरीमा आयोजना हुन लागेको सो कार्यक्रमको सेरोफेरोमा रहेर आयोजक समितिको व्यवस्थापन संयोजक तथा डिनका केन्द्रीय सदस्य जीवन घिमिरेसँग गरिएको कुराकानीका अंशहरु :

कार्यक्रम इटहरीमा नै आयोजना गर्नुको कारण ?
सबैभन्दा पहिलो कुरा त यो कार्यक्रम इटहरीमा आयोजना हुनु हामी सबैको लागी गर्वको विषय हो । सदैव पाँच तारे होटलमा हुँदै आएको कार्यक्रम पहिलोपटक उपत्यकाबाहिर हुँदैछ । सार्क टेक्नोलोजी सेन्टरको कार्यालय समेत इटहरीमै भएको र पहिलोपटक उपत्यका बाहिर पनि कार्यक्रम गरौँ, यस्ाले यो कार्यक्रम अब बिस्तारै देशका अन्य ठाँउमा समेत गर्न सकिने रहेछ भन्ने सन्देश समेत दिएको छ ।

डिनमा कति सदस्यहरु रहेका छन् ?
डिनमा नेपालभरमा २५ हजारभन्दा बढी सदस्यहरु रहेका छन् । सदस्य नबनेका इन्जिनियरहरुको संख्या त धेरै नै छ ।

कार्यक्रममा को को सहभागी बन्दैछन् ?
कार्यक्रममा पर्यवेक्षकका रुपमा बंगलादेश, भारत र श्रीलंकाबाट ७ जना सहभागी हुने र उपप्रधान तथा स्थानीय विकासमन्त्री माननीय विजयकुमार गच्छदारसहित देशभरका स्थानीय निकायबाट ४ सय ५० जना इन्जिनियरहरु सहभागी हुँदैछन् ।

कार्यक्रममा केके विषय समेटिन्छन् ?
कार्यक्रममा सदस्यहरुको क्षमताबृद्धिका लागि अन्तराष्ट्रियस्तरको सेमिनार आयोजना गरिएको छ । स्थानीय तहमा भौतिक पूर्वाधार विकास, सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा डिनका संस्थापक सदस्यहरु देवेन्द्रबहादुर कार्की र जीवनकुमार श्रेष्ठलाई सम्मान गरिने कार्यक्रम रहेको छ । यसैगरी ३ वर्षे कार्यकालका लागि निर्वाचन समेतका कार्यक्रम रहेका छन् ।

कति खर्च हुन्छ कार्यक्रममा ?
कार्यक्रममा हामीले २६ लाख जति खर्च हुने अनुमान गरेका छौँ । यो अनुमानित खर्च हो । यसमा थपघट हुनसक्छ । यति नै भन्ने चाहिँ हुन्न यो अनुमानित खर्च हो । खर्च बढी पनि हुनसक्छ ।

कार्यक्रमको तयारी चाहिँ कस्तो छ ?
कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । सेमिनारका लागि हल, पाहुनाका लागि होटल बुक गर्ने काम सम्पन्न भएको छ । यसैगरी सेमिनारमा प्रस्तुत हुने कार्यपत्र, छपाई लगायतका सम्पूर्ण तयारी पूरा भएको छ ।

कार्यक्रमबाट के अपेक्षा गर्न सकिएला ?
सबैभन्दा पहिला त यो कार्यक्रम पूर्वाञ्चलमा पहिलोपटक आयोजना भएको छ । यो पनि खुसीको कुरा हो । दोस्रो कुरा, यो कार्यक्रमले यहाँको पर्यटन र व्यापार व्यवसायलाई समेत टेवा र्पुयाउनेछ । यसैगरी सदस्यहरुको क्षमता अभिबृद्धि गर्दै प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुनेछ । यो पनि उपलब्धिकै विषय हो ।

Facebook Comments

Check Also

भे‌नियर‌को‌ भन्सार‌ शुल्क हटाउनुपर्छ

ने‌पाल भे‌नियर‌ उत्पादक संघ कस्तो‌ संघ हो‌ ? ने‌पाल उद्यो‌ग वाणिज्य महासंघमा आधिकारि‌क रुपमा सदस्य …

Leave a Reply

Your email address will not be published.